दफा ३७
खारेजी र बचाउ
: (१) नगर विकास कोष समिति (गठन) आदेश, २०४५ खारेज गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको गठन आदेश अतर्गत गठित समितिको सम्पूर्ण चल, अचल सम्पत्ति तथा हक र दायित्वहरु यस ऐन बमोजिम स्थापित कोषमा सर्नेछ ।
(३) उपदफा (१) बमोजिको गठन आदेश अन्तर्गत गठित समितिले गरेको सम्पूर्ण काम कारबाहीहरु यसै ऐन बमोजिम स्थापित कोषले गरे सरह मानिनेछ ।
(४) उपदफा (१) बमोजिमको गठन आदेश अन्तर्गत गठित समितिमा कार्यरत कार्यकारी निर्देशक तथा कर्मचारीहरु यसै ऐन बमोजिम नियुक्ति भएका मानी कोषमा बहाल रहनेछन